राजनीति


निजामती सेवामा प्रवेशको उमेर नघटाउन कर्मचारी ट्रेड युनियनको सुझाव

निजामती सेवामा प्रवेशको उमेर नघटाउन कर्मचारी ट्रेड युनियनको सुझाव

नेपालखबर
पुस २७, २०८१ शनिबार २०:४८, काठमाडौँ

निजामती कर्मचारीका संघ संगठनहरूले निजामती सेवामा प्रवेशको उमेर नघटाउन सुझाव दिएका छन्। संघीय निजामती सेवा विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छ। 

विधेयकमाथि आफ्नो राय राख्दै निजामती कर्मचारीका विभिन्न संघ संगठनहरूले सेवा प्रवेशको उमेर नघटाउन सुझाव दिएका हुन्। विधेयकमाथि छलफलको क्रममा समितिले शुक्रबार निजामती कर्मचारीका विभिन्न संगठनका अध्यक्षहरूलाई बोलाएको थियोे।
  
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा सरकारले सेवा प्रवेशको उमेर ३ वर्ष घटाउने प्रस्ताव गरेको छ। हाल रहेको रहेको ३५ (खुल्ला) र ४० (महिला) लाई सरकारले ३७ र ३२ मा झार्ने प्रस्ताव गरेको छ। 

तर, कर्मचारी संगठनका अध्यक्षहरूले यसो गर्न नहुने बताएका छन्। छलफलमा बोल्दै एमालेनिकट निजामती कर्मचारीहरूको संस्था निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले सेवा प्रवेशको उमेर महिलाको ४० र खुल्ला ३५ नै हुनुपर्ने बताए।
 

उनले भने, ‘अहिले महिलाहरूको लागि ४० वर्ष, पुरुषको लागि ३५ वर्ष छ। यो अहिलेको कानुनको मौजुदा व्यवस्था ठीक छ, हामी यो निष्कर्षमा पुगेका छौं। ३२ र ३७ प्रस्ताव गरिएको छ, यो नगरौं। ३५ र ४० नै कायम गर्ने कुरामा लाग्दा उपयुक्त हुन्छ भन्ने हाम्रो बुझाइ छ।’
 
निजामती कर्मचारी संगठनले अवकाशको उमेर ६० वर्ष हुनुपर्ने सुझाव दिएको छ। यसैगरी, छलफलमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले पनि सेवा प्रवेशको उमेर घटाउन नहुने राय राखे। 

चौधरीले भने, ‘सेवा प्रवेशको उमेर घटाउन हुँदैन। ४० र ३५ जुन छ, त्यो नै यथावत राख्नुपर्छ।’ विधेयकमा सरकारले सेवा प्रवेशको उमेर घटाउने प्रस्ताव गरेपछि ६० भन्दा धेरै सांसदले उमेर घटाउन नहुने भन्दै संशोधन हालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad