राजनीति


६ हजार सहकारी वचतकर्ताको रकम पूर्णरुपमा फिर्ता गरेका छौँ : सञ्चारमन्त्री

६९ हजार वचतकर्ताको वचत फिर्ता गर्नको लागि सरकार लागिपरेको भनाइ
६ हजार सहकारी वचतकर्ताको रकम पूर्णरुपमा फिर्ता गरेका छौँ : सञ्चारमन्त्री

नेपालखबर
पुस २०, २०८१ शनिबार १५:४७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेसम्म सरकारले ६ हजार वचतकर्ताको वचत सम्पूर्ण रुपमा फिर्ता गरिसकेको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित भुवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले  ८ हजार वचतकर्ताको करिब ७० प्रतिशत फिर्ता गरिसकेको र २ हजारको छानविनको क्रमसँगै ५० प्रतिशत वचत फिर्ता गरेको जानकारी दिए। मन्त्री गुरुङले बाँकी ६९ हजार वचतकर्ताको वचत फिर्ता गर्नको लागि सरकार लागिपरेको उल्लेख गरे।

उनले भने, ‘सहकारीको रकम ठग्नेहरुमाथि कारबाही गर्नको लागि त्यो कारबाहीलाई अझ प्रभावकारी बनाउनको लागि र वचतकर्ताहरुको वचत फिर्ता गर्नको लागि नेपालमा रहेका सहकारी सम्बन्धी कानुनहरुले राम्रोसँग काम गर्न नसकेको हुनाले, प्रभावकारी नियमन नभएकाले सहकारीको नियमन गर्न प्रभावकारी, शक्ति सम्पन्न प्राधिकरण गठन गर्ने र त्यसले सहकारी क्षेत्र व्यवस्थित गर्ने काम गर्ने काममा हामी छौँ।’ 

मन्त्री गुरुङले अघि भने, ‘सहकारी संरक्षण कोषको स्थापनाका लागि हामी लागेका छौँ। ६९ हजार वचतकर्ताको वचत फिर्ता गर्नको लागि हामी लागेका छौँ। ६ हजार वचतकर्ताको वचत अहिलेसम्म सम्पूर्ण रुपमा फिर्ता गरिसकेका छौँ। ८ हजार वचतकर्ताको करिव ७० प्रतिशत फिर्ता गरेका छौँ। बाँकी २ हजारको छानविनको क्रममा छ। र उनीहरुको ५० प्रतिशत रकम फिर्ता गरेका छौँ।’


उनले मुलुकको सुशासन कायम गर्न, मुलुकमा आर्थिक समृद्धिमा योगदान पु¥याउनको लागि सरकारले काम गरिरहेको दाबी समेत गरे।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad