नेकपा (एमाले) बाट निस्कासित नेता भीम रावलले आफूले चाल्ने नयाँ कदमबारे बुधबार घोषणा गर्ने भएका छन्। उनले त्यसका लागि कार्की ब्यांकेटमा पत्रकार सम्मेलन समेत राखेका छन्।
‘पर्सी १ बजे कार्की ब्यांकेटमा पत्रकार सम्मेलन छ,’ नयाँ पार्टीको घोषणा गर्दै हुनुहुन्छ भन्ने नेपालखबरको प्रश्नमा रावलले भने, ‘म त्यही सबै कुरा भन्छु।’
पार्टी अनुशासन विपरितको गतिविधि गरेको भन्दै नेकपा एमालेको १० पुसमा बसेको स्थायी कमिटी बैठकले रावललाई पार्टीको साधरण सदस्यबाटै मुक्त गर्ने निर्णय गरेको थियो।
एमालेको निस्कासनमा परेपछि उनले नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन्। त्यसका लागि उनले राजनीतिक दस्तावेज लेखन समेत सुरु गरेका छन्।
त्यस्तै रावलले सुदूरपश्चिम क्षेत्रका विभिन्न पार्टीका नेता, कार्यकर्ताहरुसँग पनि भेटघाट थालेका छन्।
Shares

प्रतिक्रिया