राजनीति


नेकपाले भन्यो : चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण

नेकपाले भन्यो : चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण

नेपालखबर
पुस १३, २०८१ शनिबार १६:४२, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपालसँग सहकार्य नै नगरी नेपालको भूभाग प्रयोग गर्ने चीन र भारतको सहमतिले नेपालको  सार्वभौमिक अखण्डता अतिक्रमण गरेको टिप्पणी गरेको छ। 

‘नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ,’ शनिबार नेकपाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन्, नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक छ।’ 

नेकपाले उक्त सहमति सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न समेत नेपाल सरकारसँग माग गरेको छ। 

गत पुस ३ गते चीन र भारतका अधिकारीहरुबीच बेजिङमा भएको बैठकमा  कोभीड-१९ को कारण बन्द भएको लिपुलेक भञ्ज्याङ भएर तिर्थयात्री र व्यापारीक मार्ग पुनः सञ्चालन गर्ने सहमति भएको थियो।

नेपाल सरकारले भने यसबारे प्रतिक्रिया जनाउँदै उक्त सम्झौता चिन्ता लिनुपर्ने खालको नभएको निष्कर्ष सुनाएको छ। 
May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad