ad ad

राजनीति


‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरमा बसेर यात्रा गर्नूस्, मास्क लगाउन पर्छ कि पर्दैन?’

‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरमा बसेर यात्रा गर्नूस्, मास्क लगाउन पर्छ कि पर्दैन?’

नेपालखबर
असार १९, २०७६ बिहिबार ११:४४,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँड्न नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा माक्स लगाउन पर्ने/नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गरिन्। ‘म बनस्थली बस्छु, यहाँबाट बनस्थलीसँग मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुछ,’ सांसद शाहीको भनाई थियो, ‘प्रधानमन्त्रीलाई मेरो सुझाव छ, त्यसपछि थाहा हुन्छ माक्स लगाउनु पर्छ कि पर्दैन भनेर।’

प्रधानमन्त्री ओलीले केही दिन अघि काठमाडौंमा आयोजित एक कार्यक्रममा माक्स लगाएर हिँडनुपर्ने अवस्था नरहेको भनि अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको सो अभिव्यक्तिको सामाजिक संजालमा समेत चर्को आलोचना भईरहेको छ।

सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको सो बैठकमा प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ भनि प्रश्न पनि गरिन्। उनले सरकारले ३ सय वटा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि व्याट्री चार्जिङ स्टेशनको व्यवस्थापन सम्बन्धी योजनाबारे पनि जिज्ञासा राखेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .