राजनीति


श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको सुनुवाइ प्रक्रिया सुरु

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको सुनुवाइ प्रक्रिया सुरु

समितिको निर्णय सुनाउँदै सभापति ईश्वरीदेवी न्यौपाने


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:१६, काठमाडौँ

श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको सुनुवाइ गरेको हो।

समितिको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको सुनुवाइ प्रक्रिया सुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गरी उजुरी आह्वान गर्न समिति सचिवलाई निर्देशन दिएकी छन्।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

यसअघि यसै पदमा प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न नसकेपछि सुनुवाइ समितिले उनलाई अस्वीकृत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad