राजनीति


महोत्तरीको रामगोपालपुर-२ मा ३ सयभन्दा धेरै मत खस्यो

महोत्तरीको रामगोपालपुर-२ मा ३ सयभन्दा धेरै मत खस्यो

नेपालखबर
मंसिर १६, २०८१ आइतबार ११:५३, काठमाडौँ

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर- २ मा करिब ३ सय भन्दा धेरै मत खसेको छ।

बिहान ७ बजेर ७ मिनेटबाट सुरु भएको मतदानमा हालसम्म ३ सय भन्दा धेरै मत खसेको मतदानस्थलमा रहेका महोत्तरीका पत्रकार रन्जन भण्डारीले जानकारी दिए।

रामगोपालपुर २ मा २१ सय ४१ मतदाता रहेका छन्। जसमा ९४० महिला मतदाता छन्। 

यसअघिका वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो। यादव गएको भदौ ९ गते बिहान बर्दिबासमा मृत भेटिएका थिए । 

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेदवार चुनावी मैदानमा छन्। 

यस वडामा माओवादी केन्द्रले मृतक वडाध्यक्ष यादवकी श्रीमति आइतीकुमारीलाई  उम्मेदवार बनाएको छ। 

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा आएका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। कांग्रेसबाट मोहम्मद जनिफ खाँ उम्मेदवार छन्। 

जनता समाजवादी पार्टीका सकिबुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पाटीबाट त्रमशः मोहम्मद मनान खान, र खुरसेद खान तथा राजेशकुमार यादव उमेदबार बनेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad