राजनीति


रवीन्द्र मिश्रदेखि रवि लामिछानेका पार्टीहरू दरबारमै गएर मिल्नेछन् : तरुण अध्यक्ष गुरुङ

रवीन्द्र मिश्रदेखि रवि लामिछानेका पार्टीहरू दरबारमै गएर मिल्नेछन् : तरुण अध्यक्ष गुरुङ

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १६:४२, काठमाडौँ

नेपाली काङ्ग्रेस पर्वतमा १०० दिने अभियानको शुभारम्भ भएको छ।

पार्टीको प्रतिनिधि केन्द्रीय सदस्य पूर्वमन्त्री गोविन्द बहादुर शाहको प्रमुख आतिथ्यमा अभियान शुभारम्भ भएको हो।

अभियान शुभारम्भ कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आन्तरिक र बाह्य शक्तिहरूले अहिलेको व्यवस्थालाई ढालेर देशमा अस्थिरता ल्याउन खोजेको बताए।

नेपाली कांग्रेसले यस्ता चुनौतीहरू विगतबाट नै भोग्दै आइरहेको भन्दै नेपालका कम्युनिस्ट पार्टीहरूको चुनौती काँग्रेसले  नै  बोकिरहेको अध्यक्ष गुरुङको भनाइ छ। नयाँ आएका पार्टीहरू कहीँ न कहीँबाट सञ्चालनमा रहेको दाबी गर्दै उनले रवीन्द्र मिश्रदेखि रवि लामिछानेका पार्टीहरू अन्तिममा दरबारमा नै गएर मिल्ने उद्देश्य बोकेर आएको तर्क गरे।

नेपाली काँग्रेस पर्वतको कार्यालय बि.पी. स्मृति भवनमा भएको औपचारिक कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्य तथा जिल्ला सल्लाहकार समिति, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, नगर तथा गाउँ कार्यसमितिका सभापतिहरू, प्रदेश कार्यसमितिका सभापतिहरू, पूर्व जिल्ला पदाधिकारीहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरूको उपस्थितिमा अभियान सुरु गरिएको हो ।

सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने नेपाली काँग्रेसका पर्वतका सभापति युवराज जोशीले बताए। अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने उनको भनाइ छ। काँग्रेसमा रहेर काँग्रेसको चिन्ता नै नगर्ने व्यक्तिहरूले नै पार्टी कमजोर भएको भन्दै गफ गर्न नसुहाउने उहाँको भनाई छ । काँग्रेसमा समस्या रहेको भन्दै बाहिर कुप्रचार गरेर काँग्रेसलाई कमजोर बनाउन खोजिएको भए पनि अवस्था त्यस्तो नभएको सभापति जोशीले बताए। 

नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको सभापतित्वमा  भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति शिव प्रसाद सुवेदीले  राखेका थिए भने सञ्चालन सचिव अशोक उचै ठकुरीले  गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad