परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कंदै छिन्।
चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिएका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।
यस क्रममा उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भए।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्।
परराष्ट्रमन्त्री डा राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन्।
45
Shares

प्रतिक्रिया