राजनीति


नेकपाका विद्यार्थी नेताले भनेः मनाङेलाई पार्टीमा होइन, जेलमा राख्नुपर्छ

नेकपाका विद्यार्थी नेताले भनेः मनाङेलाई पार्टीमा होइन, जेलमा राख्नुपर्छ

नेपालखबर
असार १९, २०७६ बिहिबार ६:३६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेता सुरेन्द्र बस्नेतले दीपक मनाङेलाई पार्टी प्रवेश गराउनु गलत भएको बताएका छन्।

बिहीबार पोखरामा नेकपाका गण्डकी प्रदेश ईन्चार्ज एर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पार्टी प्रवेश गरेको केही समयमै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बस्नेतले उनलाई पार्टीमा नभएर जेलमा राख्नुपर्ने बताएका हुन्।

उनले मनाङेले काठमाडौका गल्ली गल्लीमा व्यक्ति हत्यादेखि लुटपाट र अन्य अपरा मच्चाएको र अदालत र प्रहरीमा उनका अपराधका फेहरिस्ता रहेको भन्दै जनतालाई दुःख दिने अपराधिलाई पार्टीमा नभइ जेलमा राख्नुपर्ने बताए।

मनाङेलाई नेकपा भित्राउने नेतृत्वलाई उनले फेरी चुनाव आउने भन्दै त्यसको हेक्का राख्न चतावनी दिएका छन्।

‘काठमाडौंका गल्ली गल्लीमा अझै पनि दीपक मनाङेका ब्यक्ति हत्या , लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन्। अदालत, प्रहरी र जनजनमा मनाङेका मुद्दाका फेहरिस्त छन्’, बस्नेतले फेसबुकामा लेखेका छन्, ‘ बाँचुञ्जेल जनतालाई दुःख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो, कम्युनिष्ट पार्टी किमार्थ हैन। नेकपा नेतृत्व गण चुनाव फेरि पनि आउँछ। हेक्का रहोस्।’

तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’बाट प्रदेशसभामा निर्वाचित मनाङे बिहीबार नेकपा प्रवेश गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .