राजनीति


रास्वपालाई लक्षित गर्दै देउवाले भने- हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौं

रास्वपालाई लक्षित गर्दै देउवाले भने- हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौं

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १३:५३, कञ्चनपुर

नेपाली कांग्रेसका सभापति एंवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन्। गठबन्धनमा केही समस्या नरहेको बताउँदै उनले सरकार पूरा समय टिक्ने बताए।

‘गठबन्धनमा केही समस्या छैन, मलाई विश्वास छ यो गठबन्धन पूरा समय जान्छ,’ आइतबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै देउवाले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै देउवाले अदालती प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। सरकारले प्रतिशोध साधेर सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपा आन्दोलनमा छ।

मुद्दा लागेको कुरा अदालती विषय भएको उनले बताए। कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उनको भनाइ छ। 

रवि पक्राउमा सरकारले प्रतिशोध साधेको आरोप छ, यसमा कांग्रेसको धारण के हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा  देउवाले भने, ‘हेर्नुस्, हाम्रा साथीहरूमाथि मुद्दा चलाइएकै हो, हामीले कहिल्यै होहल्ला गरेनौँ। अदालती प्रक्रियामा छ, अदालतलाई पो सहयोग गर्नु पर्‍यो नि।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad