राजनीति


बालुवाटारमा सत्तारुढ दलको बैठक

बालुवाटारमा सत्तारुढ दलको बैठक

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १०:१०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। 

बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन्।

सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएकाे छ। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेता र मन्त्रीहरु सहभागी छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad