राजनीति


लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

लेबनानमा खटिएका शान्ति सैनिक


नेपालखबर
असोज २९, २०८१ मंगलबार ९:५०, काठमाडौँ

नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ। 

युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ। 

सो घटनाविरुद्ध संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान दिने नेपालसहित ३४ देशले संयुक्त विज्ञप्ति निकालेर निन्दा गरेका हुन्। 

‘नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, संघर्षरत् दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक) को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ।’

इजरायलले लेबनानमा हिजबुल्लाहलक्षित हमला गरिरहेको छ। 

करिब ५० देशका झन्डै १०,००० यूएन शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा ८७६ नेपाली रहेको युनिफिलको वेबसाइटमा उल्लेख छ।

१९७८ देखि यी सैनिकहरूले लितानी नदी र ‘ब्लु लाइन’ (नीलो रेखा) बीच गस्ती गरिरहेका छन्।

लेबनान र इजरायलबीच संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सीमालाई ब्लु लाइन भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad