राजनीति


संस्कृतिले पारस्पारिक सम्मान र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : माधव नेपाल

संस्कृतिले पारस्पारिक सम्मान र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : माधव नेपाल

नेपालखबर
असोज २६, २०८१ शनिबार १५:४३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन्।

विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले संस्कृतिले पारस्पारिक सम्मान, सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउन विजयादशमीले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

मुलुकको गौरव बढाउने मौलिक संस्कृति सम्वर्द्धन गर्दै उनले जनतालाई सुख, समृद्धि र सामाजिक सद्भाव बढाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नुपर्ने बताए।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै अध्यक्ष नेपालले  सामाजिक एकता तथा एकापसमा सद्भावको वातावरण तयार गर्न सांस्कृतिक एकताको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

उनले समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न समाजमा विद्यमान सबै प्रकारका वर्गीय शोषणका साथै जातीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय तथा समानता कायम गरी राष्ट्रिय निर्माणमा लाग्न सबै नेपालीलाई आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad