ad ad

राजनीति


प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद् बैठक

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १७:५४, काठमाडौँ

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज पनि संवैधानिक परिषद्को बैठक सुरू भएको छ।

बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश सिफारिस रहेको छ। 

प्रधान्यायाधीश सिफारिसको लागि गएको शुक्रबार पनि परिषद् बैठक बसेको थियो। तर, शुक्रबारको बैठक कुनै निर्णयबिनै सकिएको थियो।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्। 

शुक्रबारको बैठकमा प्रधानन्यायाधीशका उम्मेदवारमध्ये वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको विषयमा थप अध्ययन गर्नुपर्ने भन्दै उपसभामुख इन्दिरा रानाले प्रश्न उठाएकी थिइन्। त्यस्तै विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अन्य संवैधानिक नियुक्ति पनि एकसाथ टुंग्याउन माग गरेका थिए। सहमति नजुटेपछि सोमबार फेरि बस्ने गरी बैठक टुंग्याइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .