ad ad

राजनीति


बाबुराम भट्टराईको चिन्ता– कांग्रेसीहरू पढ्दै पढ्दैनन्, कम्युनिस्टले पनि छाडे

बाबुराम भट्टराईको चिन्ता– कांग्रेसीहरू पढ्दै पढ्दैनन्, कम्युनिस्टले पनि छाडे

नेपालखबर
भदौ २९, २०८१ शनिबार १५:१०, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे।

‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन। हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो। पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ,’ उनले भने।

भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पढ्ने गरेको स्मरण गर्दै उनले अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताएर

कांग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिष्टहरु पनि अध्ययनमा रुची हराउँदै गएको टिप्पणी गरे। 

‘अहिले यता आइसकेपछि अब कांग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो। कम्युनिष्टहरू अलि बढी जो पढ्ने हो कम्युनिष्टहरू पनि अब कुनै खास फरक छैन। उहाँहरूले पनि पढाइलेखाइमा रुची राख्नुहुन्न। हामीले अघि वैकल्पिक ढंगले जानुपर्छ, भन्नेहरु पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि अरण्य रोदन जस्तो भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .