ad ad

राजनीति


एमाले–माओवादीको सरकार हुँदा पार्टीका साथीहरू डराएका थिए, अब खुसी छन् : देउवा

मेरो एज पनि गयो, भोलि हुने नेताहरुले नै पार्टीको बढ्ता चिन्ता गर्नुपर्छ
एमाले–माओवादीको सरकार हुँदा पार्टीका साथीहरू डराएका थिए, अब खुसी छन् : देउवा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १७:४७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा नेकपा एमालेको सरकार हुँदा आफ्नो पार्टीका नेता, कार्यकर्ताहरु डराएको भए पनि अहिले त्यस्तो अवस्था नरहेको बताएका छन्।

बिहीबार सानेपास्थिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ-नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै देउवाले कांग्रेस–एमाले सरकार बनेपछि भने खुसी रहेको टिप्पणी गरे।

‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ,’ देउवाले भने, ‘एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए। डराएका पनि थिए। अफ्ठ्यारो पनि मानेका थिए। उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ। त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ। यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ। सबै साथीहरु खुशी छन्।’

उनले दुई पार्टी मिलेर अरु पार्टीलाई सिध्याउन खोजेको भन्नेमा परेको भए पनि त्यो सत्य नभएको बताए। ‘दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला,’ देउवाले भने, ‘तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन। मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्युको कुरा पनि होइन। त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरु छ। हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ।’ 

उनले आफ्नो उमेरका कारण पनि पार्टीबाट विदा लिने बेला आएको भन्दै पार्टीको चिन्ता भविष्य भएको नेताहरुले नै बढ्ता गनुपर्नेमा जोड दिए।

‘मेरो एज पनि गयो,’ देउवाको भनाइ छ, ‘हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ। भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ। मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .