ad ad

राजनीति


सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, संसद्‌मा जवाफ चाहन्छु : कांग्रेस सांसद खतिवडा

सञ्चारमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, संसद्‌मा जवाफ चाहन्छु : कांग्रेस सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा (फाइल तस्बिर)


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १४:२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीका प्रमुखलाई लक्षित गरेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा धाराणा राख्दै सांसद खतिवडाले मन्त्रीहरुलाई आफ्नो भनाइमा 'ब्रेक' लगाउन समेत आग्रह गरे।

‘माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्रीले नेपाल प्रहरीका आइजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनु भएछ, यो अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरुलाई आग्रह गन चाहन्छु–जिब्रोमा ब्रेक लगाइयोस्।’

सांसद खतिवडाले यसबारे संसदमा जवाफको समेत माग गरे। ‘यसको जवाफ संसदमा चाहन्छु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .