ad ad

राजनीति


राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश समिति गठन

नेपालखबर
भदौ १७, २०८१ सोमबार १९:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले मदन खड्काको नेतृत्वमा कर्णाली प्रदेश समिति गठन गरेको छ। 

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भदौ १५ गते शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भेलाले सर्वसम्मत रुपमा खड्काको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।

भेलाबाट प्रेम बोहरा उपप्रमुख, ललित चन्द महासचिव, हरि अधिकारी सचिव र स्नेहा उपाध्याय कोषाध्यक्ष चयन भएका छन्।

बुधे बुढा, ऋषिराम पाण्डे, निर्मला सापकोटा, अविसरा सुवेदी र सुनिता विक समितिको सदस्य छानिएका छन्।

प्रदेश प्रमुखका लागि ६ र सदस्यका लागि १७ जनाको उम्मेदवारी परे पनि आपसी सहमतिमै पदाधिकारी र सदस्य छानिएको रास्वपाका कार्यबाहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।

केन्द्रीय सभापति रवि लामिछाने र कार्यवाहक महामन्त्री बुर्लाकोटीलगायत नेताको उपस्थितिमा भेलामार्फत प्रदेश समिति गठन गरिएको हो।

विशेष राजनीतिक र सांगठनिक अभियान आवश्यक रहेको निष्कर्षका साथ रास्वपाको  केन्द्रीय समितिले २०८० फागुन ७ गते कर्णाली प्रदेशका सबै समिति विघटन गरेको थियो। ६ महिनाको सांगठनिक रिक्ततापछि रास्वपाले प्रदेश समिति हुँदै कर्णालीमा जिल्ला, पालिका र वडा समिति गठन सुरुवात गरेको हो।

यसको साथसाथै अन्य प्रदेशमा पनि प्रदेश भेला आयोजना गर्दै राष्ट्रिय भेलाको लागि उत्साहजनक सहभागिताको वातावरण बनाउदै जाने अभियानको योजना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .