ad ad

राजनीति


पार्टीका जनप्रतिनिधिलाई सशक्त भूमिका खेल्न जसपा नेपालको निर्देशन

पार्टीका जनप्रतिनिधिलाई सशक्त भूमिका खेल्न जसपा नेपालको निर्देशन

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १६:५२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ।

पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई सङ्गठन निर्माण अभियानका साथै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको छ।

जसअनुसार संसदमा राष्ट्रिय समस्या र जनसरोकारका सवालहरूलाई सांसदले प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने र प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न भनिएको छ।

त्यस्तै पार्टीले सांसदहरुलाई सरकारका जनविरोधी कार्यहरू, जनसरोकारका सवालहरू र प्रदेशका समस्याहरूलाई जोडदार रूपले प्रस्तुत गर्न निर्देश गरेको छ।  

जसपा, नेपालले चार महिने आधारभूत सङ्गठन निर्माण अभियानको दौरान स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गरी लोकप्रिय कार्यक्रम पारदर्शी ढङ्गबाट गर्न र त्यसको प्रचार–प्रसार जनताको बीचमा गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्न समेत भनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .