राजनीति


झक्कु सुवेदीको सुझाव- कांग्रेस र एमाले मिलेर चुनावमा गए हुन्छ

झक्कु सुवेदीको सुझाव- कांग्रेस र एमाले मिलेर चुनावमा गए हुन्छ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १४:४०, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिएका छन्।

बिहीबारको राष्ट्रिय सभा बैठकमा सांसद सुवेदीले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न उनको सुझाव थियो।

अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि उनको आग्रह थियो। संविधान संशोधन गरेर जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न पनि उनको सुझाव थियो।

‘नेपालमा अहिले करिब दुई तिहाईको सरकार छ। पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन्, दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ,’ सुवेदीले भने, ‘तर यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ। म आग्रह गर्न चाहन्छु, किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुहुन्छ, तपाईंहरू अर्को २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर जानुस्। त्यसपछि बराबर सिट बाँड्नुस्। एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस्। मान्दैन भने गाई र त्रिशूल गर्नुस्। सबै देश कब्जा गर्नूस्।’ 

सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने तर्क पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad