ad ad

राजनीति


सुशील कोइरालाको उदाहरण दिँदै विश्वप्रकाशले भने– बोली होइन, कर्म बुझिने हुनुपर्छ

सुशील कोइरालाको उदाहरण दिँदै विश्वप्रकाशले भने– बोली होइन, कर्म बुझिने हुनुपर्छ

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १९:१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

आइतबार कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताए।

‘अहिलेको मन्त्रिपरिषद्का मन्त्रीहरुले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। उहाँहरूले गरेको कर्मले बोल्नुपर्छ। नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ। नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने, ‘सरकारले ती विषयलाई सम्मान गर्नुपर्छ। कहिले दिने हो हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ।’ 

उनले इतिहासमा बोली नभइ कर्म बिक्ने बताउँदै उनले नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे। 

अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे। 

‘तपाईंहरूको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस्। अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई मिडियाका साथीहरू पनि यहाँ हुनुहुन्छ। इतिहासमा बोली होइन कर्म बिक्छ,’ उनले भने, ‘सुशील कोइरालाले राम्रोसँग बोल्न सक्नुभएन। जिब्रोको क्यान्सरको अप्रेसनको कारण बोलि राम्रो बुझिएन। तर सुशील कोइरालाको बोली राम्रो नबुझिएर के भयो। सुशील कोइरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .