ad ad

राजनीति


क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले गरे क्यानका पदाधिकारीसँग छलफल

क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले गरे क्यानका पदाधिकारीसँग छलफल

नेपालखबर
साउन २०, २०८१ आइतबार १३:३२, काठमाडौँ

प्रधानमन्त्री बनेपछि पदभार सम्हाल्ने क्रममा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने निर्णय गरेका केपी शर्मा ओलीले क्यानका पदाधिकारी र खेलाडीहरूसँग छलफल गरेका छन्। 

क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयसँग छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन्। 

‘यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु,’ ओलीले भनेका छन्।

यसअघि शनिबार पनि उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतसँग छलफल गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .