ad ad

राजनीति


कृषि समिति सभापति थापाले लिइन् शपथ

कृषि समिति सभापति थापाले लिइन् शपथ

नेपालखबर
साउन १६, २०८१ बुधबार १५:२७, काठमाडौँ

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापाले शपथग्रहण गरेकी छन्। बुधबार सिंहदरबारस्थित कृषि समितिको हलमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

नेपाली कांग्रेसकी सांसद थापा मंगलबार समिति सभापतिमा निर्विरोध निर्वाचित भएकी थिइन्। कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा उनले समिति सभापतिमा उम्मेदवारी दिएकी थिइन्। 

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन्। यसअघि कांग्रेसकै आरजु राणा सभापति थिइन्। राणा परराष्ट्रमन्त्री भएपछि समिति सभापतिको पद खाली थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .