ad ad

राजनीति


संसद बिजनेसविहीन भएपछि समिति सभापतिहरूसँग छलफल गर्दै सभामुख

संसद बिजनेसविहीन भएपछि समिति सभापतिहरूसँग छलफल गर्दै सभामुख

नेपालखबर
साउन १६, २०८१ बुधबार १५:३, काठमाडौँ

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका ६ समितिका सभापतिसँग छलफल गर्ने भएका छन्। 

संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधिन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्न लागेका सभामुखको सचिवालयले जानकारी दिएको छ। दिउँसो ३ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल हुँदैछ। 

प्रतिनिधि सभा अन्तरगतको अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिसँग सभामुखले छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .