ad ad

राजनीति


माओवादी सांसदले भनिन्– प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौं

माओवादी सांसदले भनिन्– प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए सहयोग गर्छौं

नेपालखबर
साउन १५, २०८१ मंगलबार १६:५८, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए आफूहरु सहयोग गर्ने बताएकी छिन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउनसक्ने बताइन्। 

‘नयाँ सरकार आएको छ, हामी संविधान संशोधन गर्छौं भन्नेकुराहरु एउटा ज्वारभाटा जस्तो फैलिएको छ। निर्वाचन प्रणालीलाई दोष दिइएको छ। जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख निर्वाचन गर्न हामी पहिल्यैबाट तयार छौँ,’ उनले भनिन्, ‘त्यसलाई अगाडि बढाउँदा सरकार स्थिर हुनसक्छ। सरकार भनेजसरी चल्न सक्छ। त्यसको लागि आँट गर्नुहुन्छ भने हामी सहयोग गर्नेछौँ।’

नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै पूर्ण समानुपातिकमा जान आग्रह समेत उनले गरिन्। 

पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्ने भए स्थिर सरकार निर्माण गर्न सकिने उनको भनाइ थियो। 

‘चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको छ, दलितलाई दोष दिइएको छ, महिलालाई दोष दिइएको छ। त्यस्तो होइन, पूर्ण समानुपातिक व्यवस्थामा जाऔँ। पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्छ भने स्थिर सरकार निर्माण गर्न सकिन्छ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .