ad ad

राजनीति


ठूलो संख्यामा सचिव सरुवा- अर्थमा घिमिरे, अरू को कहाँ?

ठूलो संख्यामा सचिव सरुवा- अर्थमा घिमिरे, अरू को कहाँ?

नेपालखबर
साउन १४, २०८१ सोमबार २०:४३, काठमाडौँ

सरकारले ठूलो संख्यामा सचिव सरूवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई सरुवा गर्दै राजश्व सचिव रामप्रसाद घिमिरेलाई अर्थ सचिव बनाएको छ।

राजस्व सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई सरुवा गरिएको छ।

मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ।

उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा भएकी छन्।

श्रम मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ। 

अख्तियारका सचिव रामेश्वर दंगाल वाणिज्य मन्त्रालयका सचिव भएका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएका छन्। 

रक्षा सचिव किरणराज शर्मालाई राष्ट्रपति कार्यालयमा पठाइएको छ भने राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मा लोक सेवा आयोगमा सरुवा भएका छन्।

मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले दिएको जानकारी अनुसार, २१ जना सचिवको जिम्मेवारी हेरफेर भएको छ। तर, रातभरिमा यो सूची अझै परिवर्तन हुन सक्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .