ad ad

राजनीति


संसद्‌मा सोविताको प्रश्न– मन्त्रिपरिषद्‌मा महिला र दलितको प्रतिनिधित्व खोइ?

संसद्‌मा सोविताको प्रश्न– मन्त्रिपरिषद्‌मा महिला र दलितको प्रतिनिधित्व खोइ?

नेपालखबर
असार ३१, २०८१ सोमबार १८:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवगठित सरकारमा महिला र दलितको सहभागिता शून्य भएकोमा प्रश्न उठाएको छ। 

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा सांसद सोविता गौतमले अहिलेको बनेको नयाँ सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो भन्दै प्रश्न गरिन्। 

‘नवगठित सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो? यो बारे जिज्ञासा राख्न चाहन्छौँ। अहिलेको मन्त्रिमण्डलको स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व त्यहाँ देखिएको छैन। त्यहाँ झल्किएको छैन। दलितको प्रतिनिधित्व शून्य छ। समावेशितालाई कसरी हेरेको छ यो सरकारले?’ उनले भनिन्। 

साथै, उनले मन्त्री छनोछ गर्दा स्वार्थको द्धन्द्व बाझिनेगरी भएकोबारे आपत्ति जनाइन्। 

‘यो सरकारले स्वार्थको द्वन्दलाई कसरी हेरेको छ। मन्त्रीले आफ्नो व्यवसाय मिल्ने प्र्राधिकार ग्रहण गर्न मिल्ने कि नमिल्ने?,’ सांसद गौतमको प्रश्न छ। 

राजनीतिक हस्तक्षेप र त्यहाँमाथिको रजगजबारे प्रारम्भमा नै प्रष्ट पार्नुपर्ने उनको भनाइ छ। 

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले मध्यरातमा गरेका सम्झौताको कारणबारे जनतालाई प्रष्ट पार्नुपर्ने उनको भनाइ थियो। 

‘मध्यरातामा दुई ठूला दलहरूले सम्झौता गरेर पुरानो सरका ढलेर नयाँ गठन भएको छ। राजनीतिक सिद्धान्तमा दुई ध्रुवमा बाँडिएका दलहरू एकै ठाउँमा जम्मा भएर दल गठन भएको छ। यो सामान्य विषय होइन। यो सम्झौता किन र कसरी भयो? यसबारे जनतालाई सुसुचित गरियोस्,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .