ad ad

राजनीति


मुकुलको आरोप- स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आयो

‘डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु’
मुकुलको आरोप- स्वर्णिमको सचिवालयबाट कुट्ने धम्की आयो

डा. मुकुल ढकाल र डा. स्वर्णिम वाग्ले


नेपालखबर
असार ३०, २०८१ आइतबार ११:६, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको आरोप लगाएका छन्।

शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन्। 

उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे , फोन उठाइनँ। मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबी गरेका छन्। 

उनले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेत काठमाडौँको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन्। 

त्यही राति स्वर्णिम सचिवालयबाट कुट्ने धम्की आएको दाबी मुकुलले गरेका हुन्। तर स्टाटसमा उनले कारण खोलेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .