संघीय संसद सचिवालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी राष्ट्रपति कार्यालय शीतलनिवासलाई गराएको छ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा बहुमत प्राप्त हुन नसकेको जानकारी शीतलनिवास पुगेको हो।
संसदका महासचिव पदमप्रसाद पाण्डेले उक्त जानकारीसहितको पत्र शीतलनिवासमा दिएका हुन्।
उक्त पत्रका आधारमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।
258
Shares
प्रतिक्रिया