न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाई सदर गरेको हो।
कार्कीलाई २०६७ फागुनमा विशेष अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना गरेको थियो। सो फैसाला विरुद्ध कार्कीले सर्वोच्चमा पुनरावेदन दिएका थिए।
प्रहरी निरिक्षक बनाइदिन्छु भनेर एकजनासँग एक लाख रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।
कार्कीलाई विगो बराबरको जरिवाना भएको हो। कार्की नेकपाको भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यालय सचिवका रुपमा रहेका छन्।
प्रतिक्रिया