ad ad

राजनीति


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

नेपालखबर
असार २०, २०८१ बिहिबार १६:३४, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्।

बिहीवार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए।

उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए। पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको उनले जानकारी दिए।

भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडी बढेको बताए।

नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ।

उनले भने, ‘निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ। निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ। सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ। निर्वाचनमा जान नपरिकन सर्वसम्मतीमै सबै मामिला टुंगिउन भन्ने हाम्रो प्रयत्न छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .