ad ad

राजनीति


सात दिने औपचारिक भ्रमणका लागि उपसभामुख राना चीन प्रस्थान

सात दिने औपचारिक भ्रमणका लागि उपसभामुख राना चीन प्रस्थान

नेपालखबर
असार १८, २०८१ मंगलबार १२:२७, काठमाडौँ

उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छन्। 

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाईना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसशन (4th China Xizang Trans -Himalayan Forum for International Cooperation) मा भाग लिन आज अपरान्ह १२ बजे छेन्दु तर्फ प्रस्थान गरेकी हुन्। 

रानाले उक्त फोरममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

भ्रमण दलमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ  र उपसभामुख रानाका स्वकीय सचिव कुमार नेपाली सहभागी छन्। 

हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसशन हिमाली क्षेत्रका यातायात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा चासो राख्ने फोरमको रुपमा रहेको छ। 

भ्रमण सकेर उपसभामुख राना असार २४ गते स्वदेश फर्कने छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .