ad ad

राजनीति


भूमिगत आन्दोलनका महिलाहरूको अनुभव दस्तावेजीकरण गरिँदै

भूमिगत आन्दोलनका महिलाहरूको अनुभव दस्तावेजीकरण गरिँदै

नेपालखबर
असार १३, २०८१ बिहिबार १५:४७, काठमाडौँ

भूमिगत आन्दोलनका महिलाहरूको अनुभवलाई दस्ताबेजीकरण गरिने भएको छ।

बिहीवारबाट काठमाडौंमा नेपालमा २०४६ साल भन्दा पहिला नेपाल कम्युनिस्ट पार्टी (माले) मा संगठित भएर भूमिगत हिसाबले काम गरेका महिलाहरूको तथ्यांक संकलन गरी व्यवस्थित गर्ने काम सुरु गरिएको हो।

कार्यक्रमबारे जानकारी गराउँदै नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले कार्यक्रको मुल उद्देश्य विगतमा पञ्चायतको विरुद्ध बहुदलीय व्यवस्था स्थापनाको लागि महिलाहरूले दिएको योगदानको दस्ताबेजीकरण गर्नु रहेको बताइन्।

उनले कतिपय महिलाहरूले जीवनको बलिदानी गर्नुपरेको र कतिपयले आन्दोलनका लागि लडेको कुरा दस्ताबेजसहित व्यवस्थित गर्ने काम सुरु भएको उल्लेख गरिन्।

नेत्री पाण्डेले दस्तबेजीकरणले भावि पुस्ता र अध्ययनका लागि पनि महत्वपूर्ण हुने जिकिर गरिन्। उनले कार्यक्रममा ३० जना बढी पञ्चायतको विरुद्ध बहुदलीय व्यवस्था स्थापनाको लागि आन्दोलनरत महिलाहरूको उपस्थिति रहेको बताइन्।

३० जना बाहेक छुटेका महिला र भूमिगत भइ सूचिमा नरहेका महिलाहरूको खोजि हुने उनले जानकारी दिइन्। आजबाट नै काम सुरु भएकाले आगामी एक वर्ष भित्रमा इतिहासलाई समेटेर पुस्तक सार्वजनिक गर्ने उनले बताइन्।

उनले भनिन्, ‘आज ३० जना महिलाहरू भूमिगत जानुभएको सूचि प्राप्त छ। कतिपय छुट्नुभएको छ। आज उपस्थिति भएका साथीहरूबाट सूचि पूरा गर्नेछौँ। उहाँहरूले कसरी काम गर्नुभयो, कस्ता समस्या झेल्नुभयो, त्यसमा महिला विशेष समस्या कसरी झेल्नुभयो। कस्ता काम गर्दा महिलाले विशेष तरिका अपनाउनुभयो भन्नेकुरा सुन्छौँ। उहाँहरूको इतिहासलाई पुस्तक आकारमा बाहिर ल्याउनेछौँ।’

उनले आन्दोलनका क्रममा महिलाहरू गरेका काम, झेल्नुपरेका समस्या, काम गर्दा अपनाएका तरिकाहरूका बारेमा छलफल हुने बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .