ad ad

राजनीति


वैदेशिक रोजगारीमा गएका नागरिक ठगिएको टुलुटुलु हेरेर बस्न सक्दिनँ : श्रममन्त्री अर्याल

वैदेशिक रोजगारीमा गएका नागरिक ठगिएको टुलुटुलु हेरेर बस्न सक्दिनँ : श्रममन्त्री अर्याल

नेपालखबर
असार ९, २०८१ आइतबार १८:२६, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरुलाई टुलुटुल हेरेर नबस्ने बताएका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरु ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताए। 

उनले ठगिएका नागरिकहरूको सम्बन्धमा आफूले काम गरिरहेको जानकारी गराउँदै फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको उल्लेख गरे। 

‘फ्रि भिसा फ्रि टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ। करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ। जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ। त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ। गर्नु नै छ। त्यसकारले अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ,’ अर्यालले भने। 

फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक विदेशिक रोजगारीमा जाँदा ठगिएको जिकिर गरे। 

‘त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु। ९६ प्रतिशत नागरिकहरू जो विदेश जानुभएको छ, उहाँहरुमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ। त्यसको विषयमा काम गरिररहेको म जानकारी गराउन चाहान्छु। हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ। त्यो भइसके पछाडी नागरिकहरू ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .