ad ad

राजनीति


संसद् सचिवालयका कर्मचारी भोलिदेखि घर बिदामा बस्ने, तलब पनि नलिने

संसद् सचिवालयका कर्मचारी भोलिदेखि घर बिदामा बस्ने, तलब पनि नलिने

नेपालखबर
असार ९, २०८१ आइतबार १४:२४, काठमाडौँ

विभिन्न सेवा सुविधा थप हुनुपर्ने मागसहित आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूले तेस्रो चरणको आन्दोलन थालेका छन्। 

संघीय संसद् सचिवालय कर्मचारी युनियनले आइतबार (असार ९) बाट तेस्रो चरणका आन्दोलनका कार्यक्रम सुरु गरेको हो। 

जस अनुसार, आज संघीय संसद् भवनस्थित रक गार्डेनमा प्लेकार्डसहित १० बजेदेखि साढे १२ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले उक्त समयको काम राति साढे ७ बजेपछि मात्रै निरन्तर रुपमा गर्ने बताएको छ। 

त्यस्तै, भोलि असार १० गतेदेखि ट्रेड युनियन अधिकार प्राप्त कर्मचारीहरू अर्थात् श्रेणीविहीन देखि शाखा अधिकृतसम्म घर बिदामा बस्ने साथै सो अवधिको तलब समेत नलिने कर्मचारीहरूले बताएका छन्। 

हाम्रा मागहरु सम्बोधन हुनेगरी लिखित सम्झौता नभए सम्म विरोधरआन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने तेस्रो चरणको आन्दोलनमा घोषणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .