ad ad

राजनीति


संसद्‌मा मापसे गरेर आउने सांसदलाई ६ महिनाको निलम्बन हुनुपर्छ : सांसद बस्नेत

संसद्‌मा मापसे गरेर आउने सांसदलाई ६ महिनाको निलम्बन हुनुपर्छ : सांसद बस्नेत

नेपालखबर
असार ९, २०८१ आइतबार १४:३३, काठमाडौँ

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्बन गर्न माग गरेका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले एकजना पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको प्रसंग निकाले।

संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने उनको भनाइ थियो। 

‘प्रतिनिधि सभामा महिला सांसदले पुरुष एक जना सांसद संसदमा रक्सी खाएर आउनु हुन्छ भन्नुभयो। यदी त्यसो हो भने कारबाही हुनुपर्छ। संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहीन नहोस्। त्यस्तो कार्य भए ६ महिनाकोनिलम्बनहुनुपर्छ,’ उनले भने।

त्यस्तै, बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक रहेको उनले जिकिर गरे।

‘बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको छ। म अध्यक्ष महोदयमार्फत भन्न चाहन्छु, शिक्षक, प्रहरी, सेना, जतिपनि कर्मचारी छन्, ति सम्पूर्णको तलब भत्ता बढोस्। नेपालमा बसेर खान गाह्रो भयो। त्यो थोरै तलबले कर्मचारी टिक्दैनन्। कोही पनि टिक्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हामी कालोबजारी पनि र भ्रष्टाचार पनि रोक्न नसक्ने अनि त्यही तलबले कर्मचारी बाँच्नुपर्छ भन्ने कुरा हुँदैन। त्यसलै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .