ad ad

राजनीति


जनमत पार्टीका सांसद खानले दिए संसद् बैठकबाट करणलाई बधाई

जनमत पार्टीका सांसद खानले दिए संसद् बैठकबाट करणलाई बधाई

नेपालखबर
असार ९, २०८१ आइतबार १३:४, काठमाडौँ

जनमत पार्टीका सांसद अब्दुल खानले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खानले आफ्नो गृह जिल्लाका परियारलाई शुभकामना दिएका हुन्। 

‘नेपाल आइडल सिजन ५ को विजेता मेरो आफ्नै गृहजिल्ला बर्दियाका करण परियार हुनुभएको छ। उहाँलाई बधाई तथा शुभकामना,’ उनले भनेका छन्। 

शनिबार साँझ भएको ग्रान्ड फिनालेमा परियार अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल घोषित भएका थिए। 

यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि चुमेका थिए।

पाचौँ सिजनमा प्रतियोगीका रूपमा सहभागी करणले  निर्णायकबाट अडिसनमै गोल्डेन माइक पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .