ad ad

राजनीति


हामीले चलाएका मन्त्रालयमा भ्रष्टाचार नहुने ग्यारेन्टी दिनसक्छु : रवि लामिछाने

हामीले चलाएका मन्त्रालयमा भ्रष्टाचार नहुने ग्यारेन्टी दिनसक्छु : रवि लामिछाने

नेपालखबर
असार ७, २०८१ शुक्रबार १९:२, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौँमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन्। 

उनले सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे। सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जबले मन्त्रालयहरू चलाउने आधार बनेको बताए।

उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभुति भएको पनि निष्कर्ष सुनाए। 

‘गत वर्षको पनि हेरिरहनु भएको होला। मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला। हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैनन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौँ। हामी अननेशेसरी मोलाहिजामा जाँदैनौं भन्ने सुनिश्चितता हामी दिन सक्छौँ,’ लामिछानेले भने, ‘त्यसले गर्दा फरक धेरै छन्। तर यति छोटो समयमा हामी कसरी फरक छौं, कसरी पृथक छौँ? अहिले देखाउन कहाँ पाएका छौँ र बाँकि नै छ। आधार त भर्खरै बन्यो। यति लामो बेथितिका बाबदुत एउटा राजनीतिक धार जन्मिएको छ। ३३, ३४ वर्षको एउटा प्रशव पीडा पछि यसलाई सबै भारी बोक भन्नुहुन्छ भने त्यो अन्याय होला। तर भारी बोक्न हामी तयार हुँदैछौँ। हुन्छौँ, सक्छौँ जस्तो लाग्छ मलाई।’

उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .