ad ad

राजनीति


जलन पीडितलाई बजेटमा नसमेटेर सरकारले अमानवीयता देखायो : सांसद कंसाकार

जलन पीडितलाई बजेटमा नसमेटेर सरकारले अमानवीयता देखायो : सांसद कंसाकार

फाइल फोटो


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १५:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्द्यबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवीय भएको बताएकी छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गरिन्।

उनले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टी जनाइन्।

उनले जलन मानवको सृष्टिसँगै शुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताइन्। उनले आफैँले जलनको पीडा भोगेकाले त्यसको पीडा शब्दमा वर्णन गर्न नसक्ने बताइन्।

प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको उनको भनाइ छ। उनले सरकारका अस्पतालहरुमा जलन कक्ष भए पनि प्रर्याप्त नभएको बताइन्।

उनले जलनको उपचार धेरै महँगो भएकाले जलन दुर्घटनामा मुत्यु हुने भुईंमान्छेहरू धेरै रहेको बताइन्।

‘प्रधानमन्त्रीले सदनमा सयौं पटक जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भनेको तर बजेटका त्यो प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुखी तुल्याएको छ। सरकारका अस्पतालहरूमा जलन कक्ष भए पनि पर्याप्त छैनन्। जलनको उपचार धेरै महँगो छ’ सांसद क‌ंशाकारले भनिन्, ‘यस्तो संवेदनशील विषय बजेटमा नसमेट्नु लज्जास्पद मात्रै नभएर अमानवीयता हो।’

उनले अहिलेसम्म सरकारले आँखा चिम्लेर अपमानवीय पीडालाई सम्बोधन नगर्ने र काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने? भन्दै प्रश्न गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .