ad ad

राजनीति


विरोधीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, काठमाडौँमा अबको चुनाव जितेरै छाड्छौँ

विरोधीलाई ओलीले भने– कान खोलेर सुने हुन्छ, काठमाडौँमा अबको चुनाव जितेरै छाड्छौँ

काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओली (तस्बिर : बालकोट)


नेपालखबर
जेठ २६, २०८१ शनिबार १६:५७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौँमा आफ्नो पार्टीलाई कसैले हराउन नसक्ने दाबी गरेका छन्। 

शनिबार काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा स्थानीय तहसहित संसदीय निर्वाचनमा पनि एमालेले हार व्यहोरेको भन्दै आगामी निर्वाचनमा त्यस्तो नहुने ठोकुवा गरे। 

‘काठमाडौँमा स्थानीय निकायको निर्वाचन हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौँ। मेयर लगायत कतिपय ठाउँमा हार्यौँ। संसदीय निर्वाचन हामीले हार्‍यौँ, ओलीले भने, ‘विभिन्न ठाउँको मेयर र प्रदेशसभा हारेका हौँला। प्रदेशसभा हारेका हौँला। त्यो एउटा निर्वाचनको कुरा हो। मोर्चाको हारले युद्धको हार हुँदैन।’

उनले एउटा अवधिमा त्यो हार भएपनि अरुको भन्दा आफूहरूकै उचाइ अग्लो रहेको पनि जिकिर गरे। 

‘हामीले एउटा मोर्चामा एक अवधि हारेका हौँ, हामीले एउटा निर्वाचन हारेका हौँ। सबैले टेबल राखेर आफ्नो उचाइ देखाएका हुन् हामी आफ्नो उचाइ राखेर यहाँ आएका हौँ,’ ओलीको दाबी थियो, ‘कुन चाहीँ पार्टी हाम्रोजस्तो एक्लै आफ्नै उचाइमा नापिएको छ? कांग्रेस माओवादीका काँधमा टेकेर, अर्को एसको, उसको काँधमा टेकेर यति अग्लो भएको होइन? नेकपा एमाले कसैको काँधमा होइन, आफ्नै खुट्टामा टेकेर यति अग्लो भएको हो।’

उनले विरोधीलाई कान खोलेरै सुन्न आग्रह गर्दै आगामी निर्वाचनमा एमालेले सबै शक्तिहरूलाई काठमाडौँमा पछारेरै छाड्ने दाबी समेत गरे। 

‘हामी आगामी निर्वाचनमा विरोधीलाई पनि भन्न चाहन्छु, कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनमा काठमाडौँ जिल्ला एमालेको किल्ला। आफ्नो आफ्नो तयारी गरे हुन्छ, मोर्चा कसे हुन्छ, कम्मर कसे हुन्छ नेकपा एमालेले पराजित गर्छ, पछार्छ पछार्छ। यो कुरा खुला छ। किनभने यो जरुरी छ, देश, विकास, सभ्यता र संस्कृतिका लागि यो जरुरी छ,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .