ad ad

राजनीति


सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १६:५२, काठमाडौँ

प्रतिनिधि सभा बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेकोसुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।

विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपाल भित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताइन्।

उनले खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरू सबै पालना गर्नुपर्ने भएकाले यहि मितिदेखि काम शुरु हुन्न भनेर तोक्न नसकिने बताए। कयौँ मेसिनहरू छपाई गर्नसक्ने स्थितिमा रहेपनि अन्य कयौँ मेसिनहरू पनि ल्याउनुपर्ने उनको भनाइ छ। 

‘विधेयक पारित भइसके पछाडी यसको संरचनाहरू बन्ने, समिति बन्ने र कामको प्रक्रिया सुरू गर्छ। प्राविधिक कुराहरू पनि छन्। सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्छ। कयौँ सामग्रीहरू खरिद गर्नुपर्नेछ। कयौँ सामग्रीहरू विद्यमान अवस्थामा पनि छपाई गर्नसक्ने स्थितिमा छौँ। अहिले छपाई गर्ने स्थितिमा रहेका मेसिनहरूलाई प्रयोग गरेर छपाई गर्ने,’ उनले भनिन्, ‘बैंक नोट लगायतका कुराहरुलाई चाहीँ व्यवस्थित गरेर अगाडी बढाउने कुरा छ। कार्य प्रारम्भ त ३१ औँ दिनदेखि हुने नै छ। तर कुन दिनदेखि छपाई गर्छौं भन्न चाहीँ सकिने स्थिति छैन। किनभने खरिद नियमावलीको व्यवस्था, सरकारी प्रावधानहरु सबै पालना गर्दाखेरी ठ्याक्कै तिथि, मिति तोक्न सकिँदैन तर छिटोभन्दा छिटो स्वदेशमै सुरक्षण मुद्रण सम्बन्धी सामानहरुको छपाई गर्ने उद्देश्य अनुरुप यो ल्याइएको छ।’ 

प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आईतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .