ad ad

राजनीति


सभामुखसँगको छलफलमा कांग्रेसले भन्यो– आजकै दोस्रो बैठकमा विरोध हुन्छ

सभामुखसँगको छलफलमा कांग्रेसले भन्यो– आजकै दोस्रो बैठकमा विरोध हुन्छ

नेपालखबर
जेठ १, २०८१ मंगलबार १४:४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजै साँझ ६ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने बताएको छ। 

मंगलबार दिउँसो सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतक र सचेतकसँग भएको छलफलका क्रममा कांग्रेसले सो कुरा राखेको हो। 

कांग्रेस सचेतक सुशीला थिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सहयोग गर्ने तर त्यसपछि बोलाईको धन्यवाद प्रस्ताव टेबुल गर्ने बैठकमा भने अवरोध रहने बताइन्। 

आजै साँझ ६ बजेका लागि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक बोलाएका छन्। त्यसअघि ३ बजे संघीय सदनको संयुक्त बैठक बस्दैछ।

‘नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ,’ उनले भनिन्।

कांग्रेसले मंगलबार नै संसदीय दलको बैठक बोलाएर नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने बताएको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

‘छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ,’ थिङले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .