ad ad

राजनीति


ठूला अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त मन्त्री यादवको पहिलो निर्णय

ठूला अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त मन्त्री यादवको पहिलो निर्णय

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार २०:१३, काठमाडौँ

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन्।

मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पदबहालीपछि उनले पहिलो निर्णयका रूपमा सोमबार ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्नेसम्बन्धी फाइलमा सही गरेका हुन्।

मन्त्री यादवका अनुसार, बिरामीको बढी भिड हुने अवस्थालमा प्राथमिकतासाथ जनशक्ति थपिनेछ। जसअन्तर्गत पहिलो चरणमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार जनशक्ति थप गरिने भएको छ।

जसपा नेपालका उपेन्द्र यादव सोमबार बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खान नियुक्त भएका हुन्। उनीहरूले सोमबार नै शपथ लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .