राजनीति


प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा समीकरण परिवर्तन गर्दै हिँड्छन् : लिङदेन

प्रधानमन्त्री दाहाल विदेशीको दबाबमा समीकरण परिवर्तन गर्दै हिँड्छन् : लिङदेन

फाइल फोटो


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १७:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरुको दबावमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन्।

पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतवार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले सो कुरा बताएका हन्।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे।

अध्यक्ष लिङदेनले भने, ‘नेपालको सरकार कसको हुनु पर्छ, कसको नेतृत्वमा हुनुपर्छ? चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ? भन्ने कुरा समेत विदेशीहरुले तय गर्न थाले। अहिले त्यही कुरा भइराखेको छ। विदेशीहरुको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ।’

सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूला दलहरुले गरिरहेको उनको भनाई थियो।

उनले भने, ‘तपाईं भोलि बिहान उठ्दाखेरी प्रधानमन्त्री आफैँले समीकरण परिवर्तन गरिसकेको हुन्छ। उनीहरुको प्राथमिकतामा सत्ता मात्रै छ। सत्ता मात्रै छ होइन कि सत्ता के, का लागि छ? भन्दाखेरी एउटा त मिलिजुली बाँकी रहेको देशमा लुटने र अस्ती लुटेको कारबाहीबाट जोगिने। यसबाट जोगिनका लागि उनीहरु जोडिने।’

अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे। उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष लिङदेनले आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .