ad ad

राजनीति


कांग्रेसबारे सूर्य थापा : सत्ता गठबन्धनमा भ्वाङ पार्न सहकारीका नाममा संसद्‍मा अरण्य रोदन

कांग्रेसबारे सूर्य थापा : सत्ता गठबन्धनमा भ्वाङ पार्न सहकारीका नाममा संसद्‍मा अरण्य रोदन

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८० बुधबार १२:४८, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले सहकारीको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषय सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिस अन्तर्गत भएको अरण्य रोदनमात्रै रहेको टिप्पणी गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद थापाले सहकारीको विषयमा कुनै एक व्यक्तिमाथिको प्रहार अर्थ नभएको बताए। 

‘रवि लामिछाने वा कोही केन्द्रीत, सत्ताबाट प्रतिपक्षमा गएको कारण वा प्रतिपक्षबाट सत्तामा गएको कारणले उठाउने विषय होइन। राष्ट्रिय बहस बनाऔँ,' उनले भने। 

सांसद थापाले सरकारका निकायलाई निर्देशन गरेर कानुन बनाएर अघि बढ्नुपर्ने पनि बताएका छन्। 

‘संसद्ले‍ सरकारका निकायलाई निर्देशन गरेर हुन्छ कि, कानुन बनाएर हुन्छ कि, यो ल्याकत सरकारले राख्नुपर्छ,’ थापाले भने। 

यस्तो नगरी कांग्रेसले व्यक्तिमाथि प्रहार गर्नु अरण्य रोदन मात्रै रहेको थापाले टिप्पणी गरे।

‘हामीले त्यसो गर्न सकेनौँ भने सहकारीका सन्दर्भमा गरेको अरण्य रोदन, हामीले सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिसअन्तर्गत उठाइएको अरण्य रोदन हुनेछ,’ उनले भने।

उनले अजगाडि भने, ‘बचतकर्ताको बचतलाई सुरक्षित गर्ने, फिर्ता पाउने, प्रत्याभूति गर्ने, सहकारीमार्फत भएको लगानी सुरक्षित गर्ने र बदमासीलाई कारबाही गर्ने कुरा नै मुख्य विषय हो।’

सहकारी प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने विषय नभएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .