सरकारले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारी प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मन्त्रिपरिषद्ले गत भदौ २३ गते सहसचिव पौडेललाई कर्णाली प्रदेशको कायममुकायम प्रमुख सचिव तोकेको थियो।
हालसम्म सोही पदमा रहेका पौडेल यसअघि पनि २ पटक बढुवा सिफारिसमा परिसकेका थिए।
यस्तै श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
21
Shares
प्रतिक्रिया