ad ad

राजनीति


राप्रपा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन

राप्रपा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन

तस्बिर : सराेज बैजु


नेपालखबर
चैत ६, २०८० मंगलबार १२:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पार्टी कार्यालयबाहिर प्रहरी तैनाथ भएको हो। 

यसअघि गत आइतबार कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमा कुटपिट भएको थियो।

उनलाई राप्रपाकै महामन्त्री विक्रम पाण्डे समर्थकहरूले पार्टी कार्यालयमै मुक्का हानेका थिए। श्रेष्ठले बैठकमा बोल्ने क्रममा पाण्डेलाई ‘भ्रष्टाचारी’ को आरोपसहित कडा टिप्पणी गरेका थिए। 

मंगलबार पनि त्यहाँ झडपको अवस्था सिर्जना हुन थालेपछि प्रहरी तैनाथ भएको हो। 

कुटपिटमा संलग्न तीन जनालाई राप्रपाले निलम्बन गरिसकेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .