ad ad

राजनीति


प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहनुहोला जस्तो छ : ओली

प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहनुहोला जस्तो छ : ओली

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार ११:५१, काठमाडौँ

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै पूरा कार्यकाल प्रधानमन्त्री रहने संकेत गरेका छन्। 

प्रेस चौतारी कैलालीले सुदूरपश्चिमको धनगढीमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सो संकेत गरेको हुन्।

सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले आफूलाई प्रधानमन्त्री बन्न त्यति मन नलागेको जवाफ दिए। 

‘मलाई (प्रधानमन्त्री बन्न) त्यति मन पनि लागेको छैन। (एमालेबाट) अरू कोही अगाडि पनि सरेको छैन। उहाँले नै खानुहुन्छजस्तो देखिन्छ,’ उनले भने। 

त्यसो त एमाले-माओवादीकै नेताहरू भने बाँकी कार्यकाल आधा-आधा प्रधानमन्त्री हुनेगरी दुई पार्टीबीच सहमति भएको दाबी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .