ad ad

राजनीति


बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ : रघुजी पन्त

बिमस्टेक र सार्कलाई सँगसँगै अघि बढाउनुपर्छ : रघुजी पन्त

नेपालखबर
चैत ५, २०८० सोमबार १४:५५, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताएका छन्।

सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले बिमस्टेकमा बंगलादेश, भारत, भूटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल सदस्य रहेको र सार्कमा सदस्य रहेको पाकिस्तानलाई एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र बिमस्टेक अघि बढाउने चाहना भारतको रहेको भन्दै नेपालले सार्कलाई अघि बढाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले नेपालले बिमस्टेकबाट लिएका फाइदाहरु संसदमा प्रश्तुत गर्न आग्रह गरे।

उनले भने, ‘सन् १९९७ मा स्थपना भएको बिमस्टेक ढिलो गरी अघि बढिरहेको छ। हामी त्यसको बिमस्टेक चार्टड अर्थात बिमस्टेक वडापत्रलाई आज यहाँ छलफल गरिरहेका छौँ। बंगलादेश, भारत, भूटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल यसका सदस्यहरु हुन्। तर यसबाट नेपालले उठाउन सक्ने जति फाइदा उठाउन सकिरहेको छैन।’

उनले थपे, ‘बिमस्टेकलाई अघि बढाउँदा के ध्यान राख्नुपर्छ भने सार्कलाई पनि अघि बढाउनुपर्छ। पाकिस्तान बिमस्टेकमा नहुँदा भारतको चाहना सार्क रोकेर बिमस्टेक अघि बढाउनुपर्दथ्यो। हामीले प्रभावकारी भुमिका खेल्नुपर्छ।’

उनले भविष्यलाई ध्यानमा राखेर बिमस्टैकबाट आर्थिक, सामाजिक अग्रगति, साझा हित, प्रगति र पारस्परिक सहयोगको प्रवद्र्धन लगायतका विषयमा अझै ठोस उपलब्धि हासिल गर्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .